भाबनाको लहर मनमा आयो र गजल लेखे ,
तिम्रो याँदले आज धेरै सतायो र गजल लेखे ।
ओठ टोक्दै मुस्काउदै कर्के नजर मलाई हेर्दा,
नशालु ती नजरले केही बतायो र गजल लेखे ।
तिम्रो सुन्दर रुप देख्दा अनि मधुर त्यो मुस्कानले,
तिम्रो माँया मनैभरी मेरो छायो र गजल लेखे ।
हरपल तिमी छाईरहन्छौ मेरै आँखा वरीपरी ,
तिम्रो संझनाले मलाई अतायो र गजल लेखे ।
तिम्ले पनि मैले झै मन पराउछौ र? भनी सोध्दा,
राम्रै सँकेत यो आर.पी.ले पायो र गजल लेखे ।
आर.पी. पोख्रेल

No comments:
Post a Comment